गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री नेतृत्वमा तीन सदस्यीय समिति गठन

सोमबार, चैत ११, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार