प्रमुख तीन दलका शीर्षको बैठक

बेपत्ता आयोग र सत्यनिरूपण आयोगमा पदाधिकारी नियुक्त गर्न सर्च कमिटी गठन गर्ने सहमति

सोमबार, चैत ११, २०८१
मयुर प्लाई

काठमाडौं । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए । त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए । बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै खरेलले भने,ुआजको छलफल संक्रमणकालीन न्यायसँग सम्बन्धित २ वटा आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समयअगाडि दुइटै आयोग गठन गर्न बनेको सर्च कमिटीले तयार पारेको प्रतिवेदनका बारेमा पनि छलफल भयो । दलहरूका बीचमा सहमति बनाएर अगाडि बढ्ने कुरा भयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन(२०७१ दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति९सर्च कमिटी० गठन प्रक्रिया अगाडि बढाउन दुवै दलका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गर्नुभयो । त्यही परामर्शबमोजिम अब सिफारिस समिति गठन प्रक्रिया अगाडि बढ्छ ।ु
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई महिना लामो दौडधुपपछि पनि गत पुस १ मा नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो । दुवै आयोगमा दलहरूले आफ्नो सिफारिसका व्यक्ति नियुक्त गर्न दबाब दिएपछि मिश्रले आफू नेतृत्वको समिति नाम चयन गर्न असफल भएको भन्दै सरकारलाई पुनः प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।
मिश्र नेतृत्वको पाँच सदस्यीय समितिले आह्वान गर्दा निवेदन दिएका १५६ उम्मेदवारमध्येबाट आठ जना अध्यक्षका लागि र ३२ जना सदस्यका लागि छनोट चरणमा नाम छानेको थियो । त्यसमध्ये कसलाई छान्ने भन्नेमा समितिको अधिकारमा दलीय हस्तक्षेप भएपछि मिश्रले सिफारिसबिना नै समितिबाट बिदा लिएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार