सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौंला तिमीहरूको केके तन्त्र हो,’ उनले लखेका छन् ।