सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्बसम्मत रूपमा चयन गरेको घोषणा गरेका हुन् । उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन् भने उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन् ।