ललितपुर महानगर-२३ द्वारा ज्येष्ठ नागरिक–एकल महिलालाई धार्मिकस्थल भ्रमण एवम् मनाेसामाजिक परामर्श (भिडियाे)

मंगलबार, चैत १२, २०८१
मयुर प्लाई

ललितपुर महानगरपालिका २३ नं. वडाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यसै साता ज्येष्ठ नागरिक तथा एकल महिलालाई धार्मिक भ्रमणसहित मनोसामाजिक परामर्श दिएको छ । महानगरले चितवन जिल्लाको पर्यटकीय स्थल भ्रमणसहित नवलपरासी पूर्वको मौलाकालीका मन्दिर भ्रमण गराएको हो । 
भ्रमणमा वडाअध्यक्ष जीवन महर्जनको नेतृत्वमा वडासदस्य किरण खड्का, सानुमाया विक, राजनमल्ल ठकुरी, वडाकी सामाजिक परिचालक सावित्रा गौतमसहित कर्मचारी, टोल सुधार समितिका अध्यक्षसहित ज्येष्ठ नागरिक र एकल महिलाहरू सहभागी भएका थिए ।  

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार