कुलमान हटाएको भोलीपल्ट नेप्सेमा भयंकर गिरावट

मंगलबार, चैत १२, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो । आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ । आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ । नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार