कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरिएको निर्णय सार्वजनिक

मंगलबार, चैत १२, २०८१
मयुर प्लाई

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।  उनले भने,‘ हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देश कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ’
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार