सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा

बुधबार, चैत १३, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाएको दाबीसहित कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट भने दर्ता भएको छैन । रिट दर्ता नहुँदा बिहीबार भने सुनुवाइका लागि पेसी नचढ्ने भएको छ ।  सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार साँझ (करिब ५ बजेको समयमा) घिसिङको रिट पेस भएको हो । ुउहाँको रिट पेस भएको छ । अध्ययनका क्रममा रहेको छ । अध्ययनपछि बिहीबार दर्ता प्रक्रियामा जान्छ,’ उनले भने । घिसिङको रिट बुधबार दर्ता नभएकाले बिहीबार सुनुवाइका लागि पेसी नचढ्ने भएको छ । सुनुवाइका लागि अघिल्लो दिन नै पेसी चढ्नुपर्ने बताइएको छ । घिसिङलाई चार महिनाको कार्यकाल मात्र बाँकी रहेको अवस्थामा सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । उनको सट्टामा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार