सुनको मुल्य एकैदिन बढयो १३ सय रूपैयाँ

बिहीबार, चैत १४, २०८१
मयुर प्लाई

काठमाडौं। एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार