प्रतिस्पर्धाबाटै नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावती

सोमबार, असार १४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले  पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो । आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले ६५ करोड रुपैयाँ बराबरको लगानी गरिसकेको थियो । थप ३५ करोड रुपैयाँ बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ  । विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण ९बुट० प्रक्रियाबाट अगाडि बढाउनेछ । कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ ।—रासस 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार