ग्रिसबाट नेपाल फर्किइन फुटबलर एन्जिला 

भन्छिन्, ‘दर्शकको मायाले तान्यो’
शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छन् ।  ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।  उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरूको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’ साथै उनले  दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार