मुख्य राजमार्गका लाइन होटलहरूमा मुख्यमन्त्री सिंहको अनुगमन

शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरूको अनुगमन गरेका छन् । राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले लाइन होटलहरूमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरू आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राति लाईन होटलहरूको अनुगमन गरेका हुन् ।  सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौ लाइन होटलहरूमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।  उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरूमा पुगेएका मुख्यमन्त्री सिंहले ती होटलहरूको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए । मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरूलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमि कमजोरी फेला परेमा सिँधा बन्द गर्ने चेतावनीसमेत उनले दिएका छन् । मुख्यमन्त्री सिंहले बसका चालक र बस धनीहरूलाई कमिसनका लागि त्यस्ता होटलहरूमा बस नरोक्न समेत आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार