राजावादीको आन्दोलन रिर्पोटिड गर्न गएका पत्रकारको आगोले जलेर मृत्यु

शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

काठमाडौं । आज शुक्रबार राजधानी काठमाडौंमा बिहानै देखि त्रसित थियो । कारण थियो एकातर्फ राजवादीको आन्दोलन अर्काेतर्फ गणतन्त्रवादीको प्रदर्शन । मानिसहरु बिहानैदेखि आज बिहानैदेखि आफ्नो गन्तव्यमा पुग्न हतारिरहेका थिए । के हुने हो कसो हुने हो भन्ने त्रासमा देखिन्थ्ये । यस्तैमा समाचार आयो राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भयो । यो समाचार आएपछि काठमाडौंवासी थप त्रसित बनेका थिए ।  राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए ।

Photo-(27)-1743170317.jpg
Photo4-1743170318.jpeg
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार