१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍यायो

शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ । परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र– बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु–मार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्‍याएको हो । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसै कारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार