सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ । शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो । विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कफ्र्यु लागू गरेको क्षेत्रमा प्रदर्शन भएको थियो । कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।