जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो

शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

काठमाडौं । राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन् ।  राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन् ।
कम्पनीकी महाप्रबन्धक डा। संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन् । त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन् ।  राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार