सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । श्री कृष्ण प्रणामी मन्दिर धापाखेलको २५ औं वार्षिक (रजत) महोत्सवका अवसरमा आज धापाखेलमा कलश शोभा यात्रा सम्पन्न भएको छ । धापाखेल कृष्ण प्रणामी मन्दिरबाट सुरु भएको कलश शोभायात्रा नागदह, भण्डारी गाउँ, बिसन्देवी मन्दिर हुँदै पुन धापाखेलस्थित कृष्ण प्रणाली मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो । मन्दिरको रजत महोत्सवका अवसरमा सात दिवसीय वाणी चर्चा कृष्ण कथा एवम् २५ पाराण पूर्णहुतिसहित रायगढ साधनालयबाट आएका साध्वी विदुषी उर्वशी माताजीको मुखारविन्दबाट श्री तारमतम वाणी, कृष्ण चर्चा संगीतमय भजन किर्तन हुनेछ ।