हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य

शुक्रबार, चैत १५, २०८१
मयुर प्लाई

पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् । पोखरामा शुक्रबार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरु र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसहिता’ बिषयमा भएको छलफलमा बोल्दै उनले हामी सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको भन्दै हरेक क्षेत्रमा दादागिरी हुने गरेको बताए ।   ‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिँड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरुले दादागिरी देखाउने अनि भाष्य चै यो क्षेत्र गलत नै हो भन्ने छ ।’   उक्त्त कार्यक्रम आर्थिक संस्कारको आयोजनमा भएको थियो भने प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, कास्की जिल्ला शाखाको समन्वय र पिङ्करोज बिज्ञापनको संयोजनमा उक्त्त कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार