सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.प्रकाश शरण महतले अहिलेको व्यवस्था नै उत्कृष्ट रहेको भन्दै यसको रक्षाको लागि सबै लाग्नुपर्ने बताएका छन् । आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो व्यवस्था संसारभरी लोकतान्त्रिक अभ्यासको रुपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् । उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनीधिहरुले शासन गर्छन् । प्रतिनीधिहरुले राम्रो काम गर्न सकेनन् भने प्रतिनीधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ । त्यसैले यो व्यवस्था संसारभरीका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन । यो जनअधिकारको रक्षा सबैले गर्नुपर्छ ।’ उनले संसद अवरोधको कुनै औचित्य नभएको भन्दै प्रतिस्थापन विधयेक अध्यादेशबाट पास गर्न दिनुपर्ने पनि बताए । यस्तै, नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले चैत्र १५ को राजावादीहरुको गतिविधी योजनावद्ध भएको बताए ।