सोसल मिडिया
Contact Us
युनिकोड
उदय शमशेर राणाले १५ गतेको राजावादीहरुको गतिविधी अन्यन्तै दुःखलाग्दो घटना भएको बताए। उनले भने "दुई जनाको ज्यान पनि गएको छ । ती मध्य एकजना प्रेसको साथी पनि छन् । दुईवटा प्रेसको कार्यालय, समाजवादी पार्टीको कार्यलयहरु ध्वस्त बनाएका छन् । योजनावद्धरुपमा कार्य भएको छ । कुन कुन ठाउँमा आक्रमण गर्ने भन्ने रणनीति पहिले बनेको देखिन्छ । विशेषगरी आयोजकहरुले नै कार्यक्रम पनि गर्ने र भड्काउने पनि गरेको देखिन्छ ।’ उनले संविधानमा सबैले शान्तिपूर्ण कार्यक्रम गर्न, आन्दोलन गर्न, विरोध सभा गर्न पाउने अधिकार रहेको उल्लेख गरे ।