रबि लामिछाने पार्टी जिम्मेवारीमा फर्कंदै

आइतबार, चैत १७, २०८१
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् । भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।  सहकारी प्रकरणमा पक्राउ परेपछि उनी पार्टी जिम्मेवारीबाट अलग भएका थिए । हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए । भोलिदेखि सुरू हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको अजेन्डा तय गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार