सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माणका लागि गोदावरी नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुननिर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । असोज दोस्रो साताको बाढीले गोदावरी नगरपालिकाको अधिकांश भौतिक संरचना ध्वस्त बनाएको छ । राजकुलो बिग्रिएका कारण पोखरी, ढुंगेधारा सुक्दै गएका छन् । तरकारी र हिउँदे बालीको उत्पादन न्यून भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले राजकुलो पुनर्निर्माण र मर्मत गर्न सहयोग गरेकोमा महानगर परिवारलाई धन्यवाद दिए । गोदवारी नगरपालिकालाई नेपाल सरकारले असोज दोस्रो साताको बाढीले पुर्याएको बाढीले पुर्याएको क्षतिलाई आकंलन गरेर संकटग्रस्त पालिका घोषणा गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले राजकुलो ललितपुर जिल्लाको ऐतिहासिक सम्पदा भएको बताउँदै सम्पदा जोगाउन सहयोग गरेको बताए । उनले भने, ‘ पोखरी र ढुङेधारामा पानी सुक्न नदिन राजकुलोको धेरै भूमिका हुन्छ , यो राजकुलोको कारण ललितपुर महानगरभित्रका धेरै पोखरी र ढुंगेधारामा निरन्तर पानी आएका छन् । ’ यसैगरी ललितपुर महानगरले गोदावरी नगरपालिकालाई गत असोजमा गएको बाढी प्रभावितको सहयोगार्थ ५० लाख रुपैयाँ र छिमेकी पालिका परियोजनालाई प्रदान गरिने ५० लाख गरी थप एक करोड पनि सहयोग गरेको छ ।