काँग्रेस महामन्त्री विश्वप्रकाशको प्रश्न, ‘तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?’ 

सोमबार, चैत १८, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवाहरूलाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे ।  उनले भने, ‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईको हृदयलाई दुख्दै गर्दा  हृदय नदुख्ने कस्तो राजा तपाईहरूले परिकल्पना गर्दै हुनुहुन्छ ?’
त्यस्तै उनले गणतन्त्रको विकल्प खोज्ने भन्दा पनि यसको प्रक्रियामा सुधार गर्नुपर्ने बताएका छन्  । ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरिपरी घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ । बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौंला । तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना छ ?’ भन्दै प्रश्न गरे । उनले भने, ‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन जोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन । युवाहरूलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ । आजको युवा जमेको पोखरी जस्तो तेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरिपरी घुम्न थाल्यो । राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ । प्रश्न असन्तुष्टि छ । तर प्रकृया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन् ।’ 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार