ललितपुर महानगर १४ नं. वडाद्धारा निःशुल्क बृहत स्वास्थ्य शिविर (भिडियो)

सोमबार, चैत १८, २०८१
मयुर प्लाई

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले सोमबार सामुदायिक भवन, तिखिदेवलमामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लपुमनपा १४ नं. वडा कार्यालय, १४ नं. वडा स्वास्थ्य कार्यान्वयन समिति तथा समाज कल्याण महाशाखाको संयुक्त आयोजना तथा स्वास्तिक हस्पितल र . शुनय हेल्थको प्राविधिक सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । 
शिविशरमा मेडिकल चेक अफ(जनरल चेक अप, स्त्री रोग, आँखा चेक जाँच, इएनटी, दाँतको चेकअफ) तथा प्याथलोजी (भाइटल,एचबीए १ सी, कोलोस्ट्रोल, ग्लुकोज, पिसाब, ब्लब काउन्ट) जस्ता सेवा उपलव्ध गराइएको थियो । 
विहान ८ बजेबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिविर मध्याह्न १ बजेसम्म जारी रहेको थियो । स्वास्थ्य शिविरमा वडाअध्यक्ष अमृतजंग महत, कार्यपालिका सदस्य सानुकाजी तोलाङ्गे, वडा सदस्यहरू संगिता अछामी, सनत कार्कीसहित वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्य, स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वम्म सेविका, टोल हेल्थ प्रमोटर (टिएचपी)हरूले वडावासीको स्वास्थ्य परीक्षणमा सहजिकरण गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार