पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

शुक्रबार, चैत २२, २०८१
मयुर प्लाई

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका–९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार राजु र रोशनीलाई काठमाडौं महानगरपालिका–६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।  

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार