रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

आइतबार, चैत २४, २०८१
मयुर प्लाई

रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमी तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरूसमेत प्रभावित भएका छन् ।  जंगली जनावरहरू डढेलोबाट जोगिन सुरक्षित आश्रयस्थल तिर भाग्ने गरेको स्थानीय बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानीय विकाश सुवेदीले जानकारी दिए । उनका अनुसार वन जङ्गलमा डढेलो संगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ ।  डढेलोले जंगली जनावरहरू बासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारीहरूलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको उनको भनाइ छ ।
जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रमा डढेलो बढि लाग्ने गरेको पाईन्छ ।गर्मीमा सुरुवात भएदेखि नै डढेलो लाग्ने गरेकोले वन जङ्गल नजिकको बस्तीमा पनि जोखिम उतिकै रहेको चन्द्रपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष सहदेव के.सी.ले बताए । चिम्नीटोल र डाबरी टोलको नजिकमा रहेको वनमा  डढेलो लागेको थियो । उनका अनुसार  सामुदायिक तथा साझेदारी बन संगै जोडिएको  बस्ती नै जोखिममा परेपछि शनिबार दिउँसो वरुण यन्त्र (दमकल) को सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो । चौपाया चराउन र घाँस दाउरा लिन जानेहरुले चुरोट–बिडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उम्रिने भन्दै आफैसमेत आगो लगाउने गरेका छन् । वन जङ्गलमा डढेलो नलगाउन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ । यदपी वनमा डढेलो लगाउने कार्यमा सग्लनको पहिचान गरि कारवाही गरिने उल्लेख गरेको छ ।

Photo-(10)-1743905159.jpeg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार