सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले अस्ति शुक्रबार ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई तीन महिना (वैशाख, जेठ र असार) का लागि निःशुल्क रुपमा सुगर र प्रेसरको औषधि वितरण गरेको छ । वडा कार्यालयले अघिल्लो आर्थिक वर्षदेखि वडाका स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा औषधि वितरण गर्दै आएको हो । वडा कार्यालयले डक्टरको प्रेस्क्रिप्सनसहित नाम टिपाएका वडावासीलाई औषधि वितरण गर्ने गर्दछ । औषधि वितरण कार्यको शुभारम्भ वडाअध्यक्ष जीवन महर्जनले सुरु गर्नु भएको हो । औषधि वितरण कार्यमा वडासदस्य राजनमल्ल ठकुरी, सानुमाया विक, मधु श्रेष्ठ सिंह ठकुरी तथा किरण खड्काले सहयोग गर्नु भएको थियो । फमासिष्टको सहयोगमा औषधि वितरण गरिएको हो ।