लोकतन्त्रको अनुभव भएको छैन : हर्क साम्पाङ

आइतबार, चैत २४, २०८१
मयुर प्लाई

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।  आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् ।  ‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने ।  उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनीएर आए पनि हामी जनताको प्रतिनिधीत्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भईरहेको छ ।’ उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार