पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

आइतबार, चैत २४, २०८१
मयुर प्लाई

काठमाडौं । माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ । पुनले दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका थिए । गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो । उनलाई उपाध्यक्षमा मनोनीत भएको विषय पार्टीका तल्लो कमिटीलाई सर्कुलर गरिएको छ । यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिएको थियो । उनी पार्टीको बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार