भरूवा बन्दुक सहित एक जना पक्राउ

सोमबार, चैत २५, २०८१
मयुर प्लाई

धनकुटा । भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन्  । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार