उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित

मंगलबार, चैत २६, २०८१
मयुर प्लाई

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन लागि सोमवार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परे पछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले भने घोषणा गरेको छैन । नेपाली कांग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको सुर्खेत उद्योग वाणिज्य संघमा काँग्रेसका दुई समूहहरुको प्रतिष्पर्धा हुने गर्दथ्यो । सुर्खेतमा व्यवसायीहरु पार्टीका उपसभापति पुर्णबहादुर खड्का र पूर्व केन्द्रीय सदस्य हृदयराम थानीको समूह बनाएर चुनावमा होमिने गरिरहेका थिए । काँग्रेस निकट व्यवसायीहरु मिलेर चुनावमा जाने निर्णय भएपछि अन्य पार्टी निकट व्यवसायीहरु उम्मेदवारी दर्ता गर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरु बताउछन् । अध्यक्षका लागि थानि निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । सँधै चर्चाको शिखरमा रहिरहने र भड्किलो हुने प्रचार हुने भएपछि यो पटक व्यवसायीहरुबिच निकै मेहनतका बाबजुद एकल उम्मेदवारी मात्रै परेको निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए । अध्यक्षमा खड्कोको एकल उम्मेदवारी परेकोले उहाँ निर्वाचित भई सक्नु भएको भए पनि घोषणा हुन बाँकी रहेको कँडेलले बताए । वैशाख ६ गते निर्वाचन हुने कार्यतालिका रहेको भए पनि सबै पदमा निर्विरोध गराउने अभ्यास भईरहेको कँडेलले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार