सोसल मिडिया
Contact Us
युनिकोड
कामठाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताएका छन् । नेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव समारोहमा मंगलबार बोल्दै उनले नेपालमा आँखा उचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामी दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘आगामी दिनमा पनि यो संस्थाले विकट र दुर्गम गरिब दुखी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै सेवा सुविधालाई समयानुकुल र प्रभावकारी बनाउन सकोस् भन्ने अपेक्षा लिएको छु । अहिले नेपालमा आँखा उपचार एकदम राम्रो भइरहेको छ । भारतबाट पनि अहिले नेपालमा उपचारको लागि आउँने गरेको छन् ।’ त्यस्तै उनले विभिन्न बाधा अवरोध र कठिनाईका बाबजुद पनि यस अस्पताललाई अहिलेको स्थानसम्म ल्याएकोमा व्यवस्थापन समिति तथा सम्बद पक्षलाई धन्यवाद दिएका छन् । उनले विश्वस्तरमा नै नेपालका आँखा अस्पतालहरु राम्रो र उत्कृष्टि छ भन्ने कुरा पुष्टि भएको पनि बताए ।