अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र : श्रम मन्त्री

बुधबार, चैत २७, २०८१

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित नाडा अटो डयलग २०२५ कार्यक्रममा मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रमा सम्लग्न सम्बद्ध पक्षलाई अझै नीतिगत र ब्यबहारिक पक्षबाट बहस र छलफल गरी ठोस निस्कर्ष निकाल्न सुझाव दिएका छन् । उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । विकास पूर्वाधार निर्माणका लागि यो अति आवश्यक छ । आवश्यकता भन्दा बढी बिलासिताको बस्तुको रुपमा हेर्ने दृस्ठिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
राजस्व उठाउने क्षेत्रमात्र नभइ यसले आन्तरिक रोजगारी सृजना गर्ने भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्वपूर्ण अंग भएको जिकिर उनको छ।  

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार