बेलायतको आणविक पनडुब्बीनजिक रूसको जासुसी क्यामेरा

बुधबार, चैत २७, २०८१
मयुर प्लाई

लन्डन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरी जासुसी गर्न माहिर छन् । उनले जासुसीका लागि कुनै कसर बाँकी राख्दैनन् । अहिले फेरी युक्रेनसँगको युद्धको बीचमा देखा परेको जासुसीको नयाँ विधिले युरोपभर यतिखेर हलचल मच्चाएको छ । बेलायती पन डुब्बी नजिक एउटा जासूस क्यामेरा फेला परेको छ, जुन रुसको भएको जनाइएको छ । तर, रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन । बेलायती अखबार टेलिग्राफका अनुसार बेलायती आणविक प्लान्ट नजिक त्यो जासुसी क्यामेरा भेटिएको हो । यो क्यामेरा पानीको माथि र तल जडान गरिएको थियो । जासुसीको यो नयाँ विधि बेलायतमा पहिलो पटक देखिएको उल्लेख गरिएको छ । बेलायती सेनाले यो मामिलामा दुईवटा बिन्दुमा अनुसन्धान गरिरहेको छ । पहिलो, यो क्यामेरा कसरी जडान गरियो ? र दोस्रो, कसले स्थापना गर्यो ? टेलिग्राफले लेखेको छ । बेलायती अधिकारीहरूले यी रुसी जासूस क्यामेराहरू आणविक पनडुब्बीहरूको निगरानीका लागि जडान गरिएको दावी गरेका छन । यी रुसी अधिकारीहरूले बेलायतमा आणविक पनडुब्बीहरूको सम्बन्धमा कस्तो प्रकारको गतिविधिहरू छन् भनेर जान्न चाहन्छन, त्यसका लागि यी जासुसी क्यामारा नजिकै राखिएका हुन् । आणविक पनडुब्बी युद्धमा धेरै महत्त्वपूर्ण मानिन्छ । बेलायतको भ्यानगार्ड आणविक पनडुब्बीलाई सबैभन्दा खतरनाक हतियार मानिन्छ । यसको थप अनुसन्धनका लागि पानीमाथि र तल दुबैमा मिल्ने गरी क्यामेरा जडान गरिएको मानिन्छ ।
युक्रेन र रुसबीचको युद्धमा भ्लादिमिर पुटिनविरुद्ध बेलायतले खुला मोर्चा खोलेको छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्न अस्वीकार गरेपछि बेलायत र फ्रान्सले युरोपेली संघको ठूलो बैठक बोलाइएको थियो । यो बैठक बेलायतको राजधानी लण्डनमा बोलाइएको थियो । उक्त बैठकमा पुटिनविरुद्ध सबै मिलेर लड्ने वाचासमेत गरेका थिए । त्यसको जवाफमा रुसले एट्लान्टिक र बाल्टिक क्षेत्रमा मोर्चा खोलेको छ । हालै नर्वे नजिकै रुसी पनडुब्बी देखिएको थियो ।  यो रुसी पनडुब्बीले केबल तार काट्ने काम गर्ने बताइएको छ । बेलायती अधिकारीहरूले यस पनडुब्बीको माध्यमबाट पानीमा निगरानी क्यामेरा जडान गरिएको डर छ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार