बच्चा जन्माउने क्रममा प्रत्येक २ मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ

बुधबार, चैत २७, २०८१
मयुर प्लाई

काठमाडौं । सन्तान जन्माउनु सजिलो कुरा होइन । गर्भावस्थादेखि सुत्केरी हुँदासम्म धेरै पटक महिलाहरुले धेरै जटिलताको सामना गर्नु पर्छ । बच्चा जन्माउँदा, गर्भावस्थामा र बच्चा जन्माएपछि महिलाको मृत्यु हुने गरेका घटनाहरु धेरै पटक बाहिर आएका छन् । केही वर्षअघिसम्म नेपालमा पनि सुत्केरीका क्रममा ठूलो संख्यामा महिलाको मृत्यु हुने गर्दथ्यो । तर, अहिले यो क्रम विस्तारै नियन्त्रणमा आएको छ । पछिल्लो समसय विश्वभर मातृ मृत्युको खतरा बढेको राष्ट्रसंघले बताएको छ । यो अवस्था आउनुमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघलाई अमेरिकाले दिँदै आएको सहायता कटौती गरेपछि यो खतरा सृजना भएको हो । विगत २५ वर्षमा मातृ मृत्युदरमा तीव्र गिरावट आए पनि संयुक्त राष्ट्र संघले सोमबार चेतावनी दिँदै भनेको छ, सुधारको गति रोकिएको छ ।  ऐतिहासिक विश्वव्यापी सहायता कटौतीका कारण मातृ मृत्यु दरहरू अब उल्टिने निश्चित छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले सन् २०२३ मा २ लाख ६० हजार मातृमृत्यु भएको अनुमान गरेको छ । जसअनुसार पनि यस वर्ष प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु हुने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले शताब्दीको सुरुदेखि नै विश्वमा मातृ मृत्युदर ४० प्रतिशतले घटेको नयाँ प्रतिवेदनले देखाएको थियो । तर, सन् २०१६ यता धेरैजसो विकास ठप्प भएको उल्लेख गरिएको छ । डब्ल्यूएचओको यौन प्रजनन स्वास्थ्य र अनुसन्धान शाखाका प्रमुख पास्केल एलोटेले प्रगतिको गति लगभग सुस्त भएको र केही क्षेत्रमा पहिले नै पछाडि सर्दै गएको बताए । उनले अझै पनि अधिकांश मातृ मृत्यु रोक्न सकिनेमा जोडदिएका छन् ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भनेका छन्, ‘यस रिपोर्टले आशाको झलक देखाएको भए पनि तथ्याङ्कले आज विश्वका धेरैजसो क्षेत्रमा गर्भावस्था कति खतरनाक छ भन्ने कुरालाई पनि प्रकाश पारेको छ।’
मातृ मृत्युदर विरुद्धको लडाईमा प्रगति लगभग एक दशक पहिले सुस्त हुन थालेको संयुक्त राष्ट्र संघले जनाएको छ । तर, संयुक्त राष्ट्रका अन्य एजेन्सीहरूले चिन्ता व्यक्त गरेका छन कि विश्वव्यापी सहायतामा कटौतीले स्थिति थप बिग्रन सक्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा राष्ट्रपति कार्यालय फर्किएपछि विश्वभरका मानवीय संस्थाहरू संकटमा परेका छन् । संयुक्त राष्ट्रले भनेको छ,  ‘कोषमा कटौतीले पहिले नै सुविधाहरू बन्द गर्न र स्वास्थ्यकर्मीहरूको नोक्सान निम्त्याएको छ र र जीवन बचाउने औषधिको आपुर्तिहरू जस्तै रक्तस्राव, प्रि–एक्लामसिया र मलेरियाको उपचारका लागि शृङ्खलाहरू अवरुद्ध भएका छन, जसका कारण सबै मातृ मृत्युको प्रमुख कारण बनिरहेका छन ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार