नेपालको मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुल लाग्नुपर्छ : मन्त्री पाण्डे

बुधबार, चैत २७, २०८१
मयुर प्लाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन् ।  गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले  गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएजस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका हुन् ।  नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुहुँदै मन्त्री पाण्डेले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।  ‘संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यस अनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावना अनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ, संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रुपमा स्थापित गर्न गृहकार्य भइरहेको छ’उनले भने ।  राम्रोसँग संस्कृत र अङ्ग्रेजी जानेकाको आवश्यकता अहिले विश्वमै रहेको उल्लेख गर्नुहुँलै मन्त्री पाण्डेले नेपाल संस्कृत विश्विद्यालयका विद्यार्थीले अहिले विश्वमै उत्कृष्ट ठहरिएका विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेको जानकारी गराए । संस्कृतको उन्नयनमा जयतु संस्कृतम् संस्थाको पनि भूमिका रहेको उल्लेख गर्नुहुँदै उनले सबै संस्थालाई जोडेर अघि बढ्नुपर्ने बताए ।  नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रुपमा यसलाई विश्वमा स्थापित गर्न सकिने मन्त्री पाण्डेको भनाई थियो । 

Photo1-1744165275.jpeg
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार