सरकारले सुशासनमा कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

बुधबार, चैत २७, २०८१
मयुर प्लाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनमा कुनै सम्झौता नगर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार आयोजित उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरु मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचनसम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो शिलशिला कायम नै रहने दाबी गरे । 
उनले भने, ‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन । तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ । देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको छ । आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशिला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।’
उनले कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए । बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने  र हरेक क्षेत्रमा सम्भवना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ । 
‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ ।’
प्रधानमन्त्री सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए ।
चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार