सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिहीबार, चैत २८, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा  कारोवार भैइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार