राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

बिहीबार, चैत २८, २०८१
मयुर प्लाई

काठमाडौं । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो । राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो जरिवाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो ।  आईपीएलले एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्थान रोयल्सका खेलाडी र कप्तानलाई लगाइएको जरिवानाको जानकारी दिएको छ । राजस्थानका कप्तानलाई स्लो ओभर रेटका कारण २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । इम्प्याक्ट खेलाडीसहित खेलमा खेल्ने बाँकी खेलाडीलाई ६ लाख रुपैयाँ वा म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको हो । यो आईपिएल २०२५ मा राजस्थान रोयल्सको स्लो ओभर रेटसँग सम्बन्धित दोस्रो गल्ती थियो, त्यसैले कप्तान सञ्जु सामसनलाई आईपीएल आचार संहिता अन्तर्गत २४ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार