सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले आ.व. २०८१/०८२ को वडा स्तरीय बजेटबाट वडावासीलाई दुई दिनसम्म कौशी खेती तालिम दिएको छ । वडा कार्यालयले हिजो बुधबार र आज बिहीबार दुई दिनसम्म कृषि विज्ञ बोलाएर वडावासीलाई कौशीमा तरकारी खेति गर्ने तरिका, मलखादको व्यवस्था तथा कौशी खेति हेरचाह सम्बन्धमा जानकारी गराएको हो । कौशी खेती प्रवद्र्धन शीर्षक दिएर वडा कार्यालयले वार्षिक रुपमा नै यस्तो तालिम दिने गरेको छ ।
वडा कार्यालयले तालिम लिन आएका वडावासीलाई कौशी खेतिका लागि आवश्यक विज विजन पनि निःशुल्क रुपमा उपलव्ध गराएको छ । तालिम कार्यक्रमका प्रमुख अतिथि एवम् वडाअध्यक्ष जीवन महर्जनले स्वस्थ्य जीवनशैलीलाई खानपान महत्वपूर्ण पक्ष भएको बताउँदै कौशी खेतिमा सहभागी भएर लाभ लिन वडावासीलाई आह्वान गर्नुभयो । कार्यक्रममा वडा सदस्य मधु श्रेष्ठ सिंह ठकुरीले तालिम लिन आएका सम्पूर्णलाई कृषि विज्ञले सिकाएको सिप उपयोग गर्न आह्वान गर्नुभयो । सामाजिक परिचालक सावित्रा गौतमले सञ्चालन गरेको कार्यक्रममा वडासदस्य राजनमल्ल ठकुरी तथा वडा कर्मचारीको पनि उपस्थिति रहेको थियो ।