चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौं । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ । समितिले गृहमन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्न लागेको हो । समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङघनका बिषयहरू माथि गृहमन्त्रीसँग छलफल हुनेछ। समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार