सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद् अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । शुक्रवार कानुन, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा २०८१ साल चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी आज संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको ५८ औँ बैठक बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७३ औँ बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।