सरकारले राजनीतिक स्थिरताको लागि काम गरिरहेको छ : मन्त्री सिंह

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि  अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुुभकामना दिएका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गरेका हुन् । ‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस्,’ उनले भने,‘ वितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’ उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन पनि गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार