दुर्गा प्रसाइ र उनका अंगरक्षक दिपक खड्का पक्राउ परेको प्रहरीद्धारा औपचारिक जानकारी

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाइ र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यको हस्ताक्षरमा जारी विज्ञप्तीमा प्रसाई र खड्कालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख छ । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउँदैछ । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेका थिए । राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार