तस्करीको काठ स्थानीद्बारा बरामद, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

दार्चुलाको मालिकार्जुन गाउँपालिका– ६ उकुस्थित मालिकार्जुन सामुदायिक वनबाट तस्करी भइरहेको काठ स्थानीयले बरामद गरेका छन् । मंगलबार राति राति ट्र्याक्टर र टिपरमा लोड गरेर तस्करी भइरहेको सालको १३० क्युबिक फिट काठ स्थानीयले जफत गरेका हुन् । मालिकार्जुन सामुदायिक वनका अध्यक्ष केशरसिंह महराले वनबाट काठ चिरानी गरेर व्यापारीलाई बिक्री गर्न खोजेको स्थानीयको आरोप छ । सामुदायिक वनका सदस्य हिरा पालका अनुसार ट्र्याक्टर र टिपरमा काठ लोड भइरहेको खबर आएपछि राति नौ बजे स्थानीय बासिन्दा पुगेका थिए । स्थानीय पुगेलगत्तै काठतस्करको पाँच–सातजनाको समूह भागेको उनले बताए । ‘काठ काट्नैपर्ने भए पुर्जी बनाउनुपर्ने हो, पुर्जी दिइएको छैन,’ उनले भने, ‘ढलापढाकै काठ रहेछ भने पनि बिक्रीबारे सामुदायिक वनको समितिमा छलफल भएको छैन ।’ सामुदायिक वनकी सचिव इन्दु पालले पनि काठ कुन प्रयोजनका लागि काटिएको हो भनेर थाहा नभएको र अध्यक्षले सल्लाह नगरेको बताइन् । सामुदायिक वनका अध्यक्ष केशवसिंह महराले भने घरायसी प्रयोजनका लागि काठ काटिएको दाबी गरे । ‘काठ बिक्रीका लागि काटिएको होइन । घरमै प्रयोग गर्न काटिएको हो,’ उनले भने, ‘समितिमा पछि अनुमति लिउँला भनेरै नलगिएको हो ।’ 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार