हांस्य कलाकार गणेश इशाराले हङकङमा प्रस्तुति दिने

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौं । हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रस्तुति दिने भएका छन् । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि त्यता जाने उनले जानकारी दिए । बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा भेटघाट तथा सांगितिक प्रस्तुती रहने उनले बताए । उक्त कार्यक्रममा विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा सहयोग गर्ने छन् । कार्यक्रमलाई समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसायी दिपेन्द्र इसारा राई र मिना राई ,समाजसेवी तथा उद्यमी बिमल ज्ञवालीसहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने बताइएको छ । कलाकारितामार्फत दिनदुखीलाई सहयोग समेत गर्दै आएका उनी क्यारिकेचरमार्फत चर्चा कमाउँदै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार