सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट। जनता समाजबादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल बिजयी भएको छ। जिल्ला अध्यक्ष लगायत ७ भाईटल पदको लागी भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल बिजयी भएको हो। उनी ६६ मतको अन्तरले बिजयी भएका हुन्। राजीव रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निबर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याएका थिए। गएराती प्राप्त अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारी -१९८ ,अमरुल हक १८५ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी अमृतलाल चौधरी - १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए। सचिवमा शम्भु प्रसाद यादव १९१ मत सहित बिजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जयराम महतोले कुल १२४ मत प्राप्त गरेका थिए। त्यस्तै सह सचिवमा उपेन्द्र राय१८६ ,दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी प्रवेज़ आलमले १२४ वसन्त झाले ११३ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा बृज मोहन साहले १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी सुरेन्द्र बैठाले १४१ मत प्राप्त गरेका थिए। त्यसैगरी सदस्य पदका लागि ४२ जना निर्बिरोध निर्बाचित भएका छन्। जसपा रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यिय जिल्ला कमिटी गठन भएको जनाइएको छ। जसपा रौतहटको अधिवेसनको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दुईदिन अघी प्रमुख अतिथि बनेर उदघाटन गरेका थिए। जिल्ला कमिटीको लागी सर्वसहमति न भएपछी निर्वाचन प्रक्रियाबाट सम्पन्न भएको अध्यक्ष यादवले न्युज कारखाना लाई जानकारी दिएका छन्।