दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो । प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार