आजको मौसम  :  अरब सागरबाट भित्रिएको जल वाष्पयुक्त हावाको प्रभाव रहने

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम तथा एक९दुई स्थानमा भारी वर्षा भैरहेको छ ।
दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
राति भने सुदुरपश्चमिक, कर्णाली र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ । 
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमीक रुपमा कम हुने देखिन्छ ।
मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार