दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न १२ दिनको म्याद थप

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद मेडिकल ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।  प्रहरीले अस्ति झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो ।  गत चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षति हुन पुगेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार